वीरगंज १४ गते बैशाख
कृष्णा यादव
पर्साका ग्रामीण भेगमा रहेको जानकीटोला नाकावाट व्यापक रुपमा लत्ताकपडा, हाडयेवर, पाडा, भैसी र डिजल, पैट्रोल र मदिराको तस्करी व्यापक रुपमा शुरु भएको छ।
सशस्त्र प्रहरी बल बिअोपी भिखमपुर र प्रहरी चौकी जानकीटोलाको संरक्षणमा सो नाकाहरुवाट रातीको समयमा मोटरसाइकलमा लोड गरि एक समुहले लत्ताकपडाहरु भारतवाट नेपाल तर्फ भित्राई नेपालमा ल्याउने गरेको कारणले रातभरि मोटरसाइकलको अावाजले सुत्न नपाएको एक स्थानियले बताएका छन्।
तस्करहरुले अहिले, जानकीटोला नाकामा रहेको सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीका चौकी ईन्चार्जहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैयाँ भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा, हाडयेवर, जुता, भैसी भित्र्याउने गरेका छन् । प्राप्त समाचार अनुसार हिजो राती मात्रै लाखौं रुपैयाँ बराबरको भैसी, कपडा, हाडयेवर लगाएतका बस्तुहरु एक व्यापारीले भित्र्याएकोह स्थानीयले नाम नछाप्ने शर्तमा बताएका छन् ।
अहिले सो नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा, हाडयेवर, जुत्ता चप्पल लगायतका लाखौं रुपैयाँ बराबरका सामानहरु तस्करहरुले अबैध रुपमा भित्र्याउने गरेपनि बारा र पर्सा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले रकम बुझेर आखाँमा पटटी बाधेर चुप लागेर बस्ने गरेका छन् ।
पर्सा जिल्लाका प्रमुख एवम प्रहरी उपरीक्षकद्वयले अा- अाफ्नो युनिटलाई तस्करीमा कडाई गर्ने निर्देशन दिएपनि सशस्त्र प्रहरी बल भिखमपुर बिअोपी प्रमुख र प्रहरी चौकी जानकीटोलाका प्रमुखले निर्देशन विपरीत तस्करहरु संग मोटो रकम असुली गरि व्यापक रुपमा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।
सो नाकाहरुवाट दिन्हु ५० लाखौं रुपैया बराबरको भारतवाट अवैध नेपाल भित्राई राजशव छलि गरेको कारणले नेपाल सरकारको राजशवमा कमि हुनलागेको छ त्यसैले यस्ता गतिविधि तर्फ समयमै सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।