अप्पन जनकपुर
जनकपुरधाम – धनुषाको विदेह नगरपालिकामा नेकपा एमाले निकट उपमेयरमा आशा देबि झाको नाउँ चर्चामा रहेको छ। विभिन्न संघ संस्थामा कार्य गर्दै राजनीतिमा निखारीएका महिला हुन्। २०७४ को निर्वाचनमा उनी उपमेयरमा थोरै मतले प्राजित भएका थिए।
नेतृ झा राजनीतिको प्रखर वक्ता हुन्।उनी लाम्रो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छिन्। कम्युनिस्ट राजनीति पृष्ठभुमि परिवारका महिला हुन्।
समाजको बेतिथी, महिला हिंसा, भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन र रोजगार र शिक्षा स्वास्थ कृषिमा बिकास गर्न आफुले उमेदवारी दिएको उनले बताए।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी पालिका उपमेयरमा जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी आशा देबि झाले पुनः उपमेयर पदको उम्मेदवार बन्न पुगीन। नेतृ झा नगरपालिकाको लोकप्रिय उम्मेदवार बनेकी हुन्।