2024-04-24

Close

काठमाडौं । आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब खर्च हुने भएको छ ।

बुधबार आयोगका पदाधिकारीले मंसिर २ गते चुनावको मिति तोक्न परामर्श दिँदै चुनाव सम्पन्न गराउनका लागि १० अर्ब खर्च लाग्ने अनुमानित विवरण पेश गरेको हो ।२०७४ मा भएको चुनावमा ७ अर्ब ८० करोड खर्च भएको जनाउँदै आयोगले यसपटक त्यो खर्च करिब दुई अर्ब बढ्ने प्रक्षपण सरकारलाई जानकारी गराएको हो ।

२०७४ भन्दा अहिले तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च, अन्य सुविधामा भएको वृद्धि, मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदानकेन्द्रहरुको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनु पर्ने, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारी, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रा स्फिति समेतका कारण यसपटक करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरेको हो ।

यस्तै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल मंसिर २२ गतेसम्म मात्रै रहने जानकारी गराएको छ । संसदको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्था भए पनि त्यो कार्यकालको गणनाका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको भन्दै आयोगले पहिलो निर्वाचन परिणाम आएको मितिलाई आधार मान्ने भएको हो ।

आयोगले भनेको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था नभएको तथा प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक फरक मिति मान्नु पर्ने जस्तो देखिएकोले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिससभा तथा प्रदेशसभा सदस्यको पदावधि गणना गर्नु व्यवहारिक र निर्विवाद हुने देखिएको छ ‌।

आयोगले २०७४ सालमा सम्पन्न मौजुदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी २०७९ मंसिर २२ गते पूरा हुने निश्कर्ष सहित सो अगावै निर्वाचन सम्पन्न गर्न निर्वाचनको मिति तोक्न परामर्श दिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds