2023-06-03

Close

पर्सा प्रहरीले प्रतिबन्धित भारतीय रुपैया १ लाख सहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले दिउँसो अं.३ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमितरूपमा चेकजाँच गर्ने क्रममा संकास्पदरूपमा आउदै गरेको जटाशंकर साह सोनारलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सोनारको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू.५०० दरको नोट २०० थान रू.१,००,०००।– ( एक लाख ) बरामद गरेको प्रहरीले जनाएको छ।
भारतीय रुपैया सहित पक्राउ परेको सोनारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रबक्ता गिरीले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर