जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन गराइएको छ । नगरदर्शनमा राम र लक्ष्मणका प्रतिक बनाइएका बालबालिकालाई घुमाउने गरिन्छ । जानकी मन्दिर प्रांगणमा सांस्कृतिक कार्यक्रम आयोजन गरी राम र लक्ष्मणलाई नगरदर्शन गराइएको हो । नगरदर्शन अवलोकन गर्न श्रद्धालुहरूको भीड लागेको थियो । विवाहपञ्चमीको दोस्रो दिन भोलि फूलबारी लिला रहेको छ […]