2024-03-28

Close

गृहमन्त्रीसंगको बैठकपछि महरालाई हिरासतमा लिन तयार भयो प्रहरी

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथीको अनुसन्धान गर्न निर्देशन दिएका छन् । शुक्रवार नगर प्रहरी कार्यालयमा बसेको गृहमन्त्री थापासहितको बैठकमा निष्पक्ष भएर अनुसन्धान गर्न उनले प्रहरीका उच्च अधिकारीलाई निर्देशन दिएका हुन् ।

 

बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयां बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए ।

 

गृहमन्त्री थापको भनाई उदृत गर्दै स्रोतले भन्यो ‘घटनाको निष्पक्ष अनुसन्धान गर्नुहोस्, अनुसन्धान गर्दा कसैसंग डराउनु पर्दैन् । ’ उनले वैठकमा आफ्नालाई भाईले प्रहरीले पक्राउ गरेको प्रसंग उठाउंदै त्यसैगरी घटनाको छानविन गर्न निर्देशन दिएका थिए  ।

 

महराको घटनाको अनुसन्धान आईजिपी खनालकै नेतृत्वमा जारी छ । मन्त्री थापालाई उनले घटनाको बिफ्रिङ समेत गरेका थिए ।

 

गृहमन्त्रीसहित बैठक बसेकै दिन शुक्रवार सांझ पिडित भनिएकी महिलाले जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गराएकी हुन् । महरालाई पक्राउ गर्न राष्ट्रिय अन्र्तराष्ट्रिय दबाव परेको थियो ।  शुक्रवार नै संयुक्तराष्ट्रसंघसहित ६ वटा पश्चिमा मुलुकहरुले घटनाको निष्पक्ष अनुसन्धान गर्न विज्ञप्ती जारी गरेका थिए ।

 

प्रहरीकोमा मुद्दा दर्ता भइसकेपछि प्रहरीले अदालतको आदेश लिएर पक्राउ गर्ने तयारी गरेको छ । महरालाई हिरासतमै राखेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ । ‘आईतवार अदालतको आदेश लिएपछि उहांलाई हिरासतमै राखेर अनुसन्धान सुरु गर्छौ  । ’ प्रहरी स्रोतले अप्पन जनकपुरलाई भन्यो ।

 

महराविरुद्ध बलात्कार प्रयासको मुद्दा दर्ता,पक्राउ गर्ने तयारी

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds