2024-03-19

Close

जनकपुरको ट्राफिक ब्यवस्थापनमा उदाहरणीय प्रहरी सहायक निरीक्षक मण्डल

 

विपिन  कुमार  यादव , असोज १० जनकपुरधाम । प्रदेश नम्बर २ को प्रस्तावित राजधानी जनकपुरधामको ट्राफिक ब्यवस्थापन निकै चुनौती बन्दै गएको अवस्थामा रेल्वे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक जय प्रकाश मण्डल उदाहरणीय बनेका छन । प्रहरी सहायक निरीक्षक मण्डल नियम बिपरित सवारी चलाउने चालकलाई आफै नियम सम्बन्धमा जनकारी गराई सचेत गराउँदै आएका छन । उनले मोटरसाईकल चालकको हेल्मेटको हुक मात्र लगाउदैन्न, दुर्घटनाबाट हुने सम्भावित घटना प्रती सचेत गराउँछन ।

“जनकपुरको भानु चौक, मिल्सएरिया, रेल्वे स्टेशन, कदम चौक, शिव चौक तथा चुरोट फ्यक्ट्री सहितको सडक खण्डमा विशिष्ट ब्यक्ति र सर्वसाधारणको बढी आवतजावत गर्ने क्षेत्र हो । यो सडक खण्डमा प्रहरी सहायक निरीक्षक मण्डल कमाण्डको ट्राफिक प्रहरी पछिल्लो समय सकृय छन ।” भानु चौकका यूवा रबिन्द्र अरगरिया भन्छन -“ट्राफिक प्रहरीको काम निकै सराहनीय छ । पहिले पहिले मूल सडक नै ढाकिने छिपिने गरि सवारीहरु पर्किँग गर्ने गरेका थिए । प्रहरी सहायक निरीक्षक मण्डल आए पश्चात् यस्तो प्रवृत्ति रोकिएको छ । भानु चौक अहिले ट्राफिक ब्यवस्थापनमा निकै राम्रो भएको छ । ”


जनकपुरको मुट्टु भानु चौक ट्राफिक ब्यवस्थापनमा उदाहरणीय बनाउनमा प्रहरी सहायक निरीक्षक मण्डल दिनरात लागेको यूवा नेता बिनोद रोहिता बताउँछन । प्रहरीको सकृयता र स्थानिय यूवा, व्यापारी, बुद्धिजीवीको सहयोगले प्रहरीलाई ट्राफिक ब्यवस्थापनमा ठूलो सहयोग भेटेको प्रहरी सहायक निरीक्षक मण्डल सुनाउँछन ।

 


सुरुमा भानु चौक सहित मूख्य बजार भित्र ट्राफिक नियम पालना गराउन निकै अप्ठ्यारो स्थितिको सम्झना गर्दै उनले भने -“बिस्तारै ट्राफिक ब्यवस्थापनलाई ट्रयाकमा ल्याउदैछु । यहांको ट्राफिक ब्यवस्थापन सुदृढ भएपछि स्थानीयवासी सहित सडकमा आवतजावत गर्ने हरेक नगरिकलाई सहज हुन्छ । सवारी दुर्घटना न्यूनीकरण हुन्छ । अकाल मृत्यु बाट सबै जोगिन्छन । व्यापार ब्यबसायी समेत फस्टाउंछ्न ।”

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds