2024-03-28

Close

१५२ छात्रालाई साइकल वितरण

सामाजिक विकासका लागि महिला सशक्तीकरणको खाँचो : मन्त्री सोनल

जनकपुुर असोज ९ गते । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बुधवार बाराको प्रसौनी गाउँपालिकाका दुई विद्यालयका १५२ जना छात्रालाई साइकल वितरण गरेका छन् । प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत नेरा माविका ५६ र बेगा साह माविका ९६ जना छात्रालाई मन्त्री सोनलले साइकल हस्तान्तरण गरेका हुन् ।

 

साइकल वितरण समारोहमा मन्त्री सोनलले समाजको समयसापेक्ष विकासका लागि छोरी शिक्षित हुनुपर्नेमा जोड दिए । ‘प्रदेश २ सरकार महिलामैत्री विकासमा अघि बढेको छ,’ उनले भने, ‘महिला शिक्षित नभएसम्म समाजको सकारात्मक रूपान्तरण सम्भव छैन ।’

 

छोरा र छोरीमा अझै पनि विभेद कायमै रहेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री सोनलले लैंगिक विभेदको अन्त्य नभएसम्म विकासले गति लिन नसक्ने पनि स्पष्ट पारे । प्रदेश सरकार छोरीलाई शिक्षित बनाएर सुसंस्कृत समाजको निर्माणमा लागिपरेको उनले स्पष्ट पारे । प्रदेश सरकार ‘छोरीलाई पढाएर र वनलाई बढाएर’ विकासको आधार निर्माणमा लागिपरेको उनको भनाइ थियो ।

 

प्रदेश २ सरकारले छोरीलाई विद्यालय पठाउने प्रवृत्ति बढाउन साइकल वितरण योजना कार्यान्वयनमा ल्याएको छ । छोरीलाई शिक्षित बनाएर सामाजिक रूपान्तरणको जग बलियो बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ योजना अघिसारेको मन्त्री सोनलले उल्लेख गरे ।

 

संघीयताले केन्द्रको अधिकारलाई प्रदेश र स्थानीय तहसम्म पु¥याएको भन्दै मन्त्री सोनलले अब संघीय सरकारलाई गाली गरेरमात्र प्रदेश र स्थानीय सरकारको दायित्व पूरा नहुने पनि स्पष्ट पारे । संघीयताले अधिकार विकेन्द्रीकरणसँगै विकासको जिम्मेवारी पनि बाँडेको उनले बताए । स्रोतसाधन र अधिकार बाँडफाँटको विषयमा संघ सरकारसँगको असहमतिको समाधान खोज्न बाँकी नै रहे पनि अवसरलाई विकासमा रूपान्तरण गर्न चुक्न नहुने सोनलले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds