2024-03-19

Close

धनुषाको यदूकुहा ईलाका प्रहरी ईन्चार्ज रकम चलखेलमा, रकम लिई अपराधी छोड्दै , जिल्ला प्रहरी कार्यालय बेखबर

जनकपुरधाम  । धनुषाको यदूकुहा ईलाका प्रहरी कार्यालयका ईन्चार्ज दिपक बाबू केसी रकम चलखेलमा लागेपछी सर्बसाधारण दु:ख झेल्न बाध्य भएका छन । ईन्चार्ज केसी तथा यदूकुहा ईलाका प्रहरीका घुमुवा ध्रमेन्द्र पाण्डेको रकम असुलीले स्थानिय त्रसित भएका छन ।

धनुषाको कमला नगरपालिका वडा ८ टेरहा टोलमा २०७६ असोज १७ गते एकजना महिलाले आफ्नो समस्या निदानका लागि एक धामीझाँक्री लाई आफ्नो समस्या सुनाएका थिए । पछि उक्त धामीझाँक्रीले महिलाको चार अना सुनको मंगलसुत लुटेर भाग्ने क्रममा गाउलेहरु द्वारा धामीझाँक्री “एक पक्राउ एक फरार ” पक्राउ परेका श्रवण दासलाई अहिले ईलाका प्रहरी कार्यालय यदुकोहामा राखेको छ । यद्यपि उनलाई छोडाउनको लागि रकमको चल खेल गरि अनुसन्धान बंग्याउन लागिएको स्थानियहरु बताउँछन । यता ईलाका इन्चार्ज इन्सपेकटर दिपक बाबु केसी लाई फोनबाट सोधपुछ जारी रहेको प्रतिक्रिया दिए । अहिले अनुसंधान प्रक्रियामा छौं । बिस्तृत जानकारी आउन बाकी छ, उनले भने ।

यद्यपि प्रहरीको क्रियाकलापले पिडित महिला न्यायका लागि भौतारीदैं छन । ईन्चार्ज केसी र घुमुवा पाण्डेका कारण अन्य कयौं मुद्दा बंग्याउने गरेकाले अपराधीलाई संरक्षण दिने प्रहरीलाई कार्वाही गर्नु पर्ने मांग गरेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds