बोक्सी हुन्छ भने कसैले मलाई लगाइदेओस् : प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा बोक्सीको अन्धविश्वासलाई चिर्न जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताएका छन् । यदि बोक्सी हुने भए आफूलाई नै लगाइदिन उनले चुनौती दिए ।

आज मधेशको प्रदेशसभामा सम्बोधन गर्दै ओलीले आफूलाई गाली गर्नभन्दा बोक्सी लगाइदिन चुनौती दिएका हुन् ।

बिज्ञापन

उनको भनाइको सार यस्तो थियो??

अहिले पनि यस प्रदेशमा सबैभन्दा बढी बोक्सी बोक्सी बोक्सी भन्या सुनिन्छ । बोक्सी हुन्थ्यो भने लडाइँ किन गर्थे होला ? यत्रो हतियार खर्च गरेर लडाइँ गर्नुभन्दा त एउटा बोक्सी लगाइदिए भयो नि त ! मलाई यत्रो दुनियाँले गाली गर्‍या छ, सराप्या छ, यो मधेश प्रदेशमा कोही बोक्सी छ भने कसैले मलाई लगाइदेओस् न ! बोक्सी लगाइदिए भइगो, यत्रो गाली गरेर किन हिँड्नुपर्‍या छ ? यो नहुने र नचाहिने कुरा, अन्धविश्वासको पनि हद हो ।

जसले ‘क’ अक्षर पढ्या छैन, ऊ यस्तो विद्वान र यस्तो जान्ने छ कि घर बसीबसी मान्छेलाई बाण हान्छ रे ! न धनु न काँड ! हावामै बाण हान्छ । यस्तो पनि हुन्छ कहीँ ? आजको जमानामा यस्तो कुरा पनि पत्याएर हिँड्ने हामी जनप्रतिनिधिले यस्ता असम्भव र नहुने कुरामा जनचेतना जगाउनुपर्छ ।