2024-05-07

Close

जनकपुरधाम । महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा महोत्तरीको सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी छन् ।

महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेर

सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

घटना गत २३ गते रातिको हो । प्रहरीका अनुसार राति साढे १ बजेको समयमा बालिकाले लगाएको आमाको गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

बालिकाले भनेको हुलियाको आधारमा बिहीबार राति ८ बजे उनीहरुलाई पक्राउ गरी पीडित बालिकाबाट सनाखत समेत गराई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीन युवकलाई जल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान र फरार एकजनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds