2025-04-29

Close

सिरहा । सिरहाको मिर्चैयास्थित ईलाका प्रहरी कार्यालय एक जना प्रहरी कर्मचारीका कारण बदनाम बनेको छ । उनी हुन्, असई सौरभ झा । उनले सोमबार मात्रै एक सेवाग्रहीसँग दस हजार रुपैयाँ घुस मागेका थिए ।

तर, सञ्चारकर्मीले थाहा पाएपछि डरले उनले पैसा लिएनन् । ती सेवाग्राही एक उदाहरण पात्र हुन् । असई झाले मुद्दासँग सम्बन्धित सामान्य कामका लागि पनि सेवाग्राहीसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

कुनै काम छिटो गरिदिने, सहज गरिदिने नाममा मात्रै होइन, प्रतिवादीहरूसँग उनले पैसा लिएर पक्राउ नै नगरी सरकारी वकिल र अदालतमा फाइल पेश गरिदिएको प्रशस्तै उदाहरण छन् । मिर्चैयाकै एक जनाले दर्ता गराएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनले त्यस्तै गरे ।

मुद्दा दर्ता भए पनि प्रतिवादी खुल्लेआम घुमिरहे । तर, प्रहरीले उनलाई फरार देखाएर फाइल अदालत बुझायो । ‘प्रहरीमा मुद्दा दर्ता हुँदा पनि मान्छे पक्राउ नै नपरेपछि मुद्दाको के अर्थ भयो,’ ती पीडितले भने, ‘जबकि प्रतिवादीलाई कति चोटी मैले सौरभसँगै देखेको थिएँ ।’

झाले आफ्नो नाममा मात्रै होइन, हाकिमहरूको नाममा पनि पैसा लिन्छन् । मिर्चैया प्रहरी स्रोतका अनुसार, उनलाई केही समयअघि मात्रै यस्तै उजुरीपछि कारबाही स्वरुप नसिहत पनि दिइएको थियो । तर, फेरि पनि उनी मुद्दा फाँटमै काम गरिरहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर