कमला नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

जनकपुरधाम । निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै गएको छ ।

कमला नदीको बेलसोत सिन्धुली जलमापन केन्द्रका अनुसार नदीमा जलसतह बढ्दो क्रममा रहेको तर खतरा तहभन्दा केही तल रहेको छ ।

बिज्ञापन

सोहीकारण सिरहा र धनुषाको तटीय क्षेत्रलगायत विगतमा डुबान भइरहने स्थानमा शुक्रबार सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सजग गराएको छ ।