जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशले मनसुन जन्य विपद् न्यूनीकरण तथा उद्धारका लागि तयारी थालेको छ । विपद् व्यवस्थापनका लागि जनचेतना जगाउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने र तालिम सञ्चालन गर्ने योजना अनुरुप प्रदेश अन्तर्गतका आठ वटै जिल्लालाई लक्षित गरि आगामी मनसुन तथा प्राकृतिक प्रकोपहरुको सामना गर्न स्थानिय स्तरमै जनशक्ती निर्माण गरेको छ ।
विभिन्न जिल्लाका स्थानिय निकायहरुसंगको सहकार्यमा समुदायमा स्तरमा नै डिजास्टर भोलन्टियर उत्पादन गरेको हो ।
विपद् जोखिम कमगर्न फिल्डमा खटिने कमाण्डर र अन्य दर्जाका सशस्त्र प्रहरीसंगै सामुदायमा रहेका विपद्मा काम गर्नेलाई सक्षम बनाउन लागिएको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ ।
विपतका समयमा कम भन्दा कम धनजनको क्षती वा क्षति न्युनिकरणका लागि समुदायलाई नै विपतसंग लड्न सक्ने जनशक्ती निमार्ण गर्न सशस्त्र प्रहरी लागि परेको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले बताए । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल अन्तर्गत टोलटोलमा विपद् सूचक राख्ने, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्ने कार्यक्रम अन्तर्गत हरेक जिल्लामा कम्तिमा २५ जना डिजास्टर भोलन्टियरको २१ दिने तालिम संचालन शुरु गरिएको छ ।
जसका लागी रौटहटमा ३८ जना, महोत्तरीमा २६ जना, सलाहीमा २५ जना, धनुषामा २५ जना र सप्तरीमा २५ जना गरी जम्मा १३९ जनालाई तालिम शुरु गरी सकिएको डिआईजी कृष्ण ढकालले जानकारी दिए । बाकी ३ जिल्ला बारा, पर्सा र सिराहामा समेत कम्तीमा २५–२५ जनाको स्थानीय जनशक्ती निर्माण गर्न तालिमको व्यवस्थापन चलिरहेको डिआईजी ढकालको भनाई छ । बाकी ३ जिल्ला बारा, पर्सा र सिराहामा समेत कम्तीमा २५–२५ जनाको स्थानीय जनशक्ती निर्माण गर्न छिटै तालिम सुरुवात गरिने छ ।
अघिल्ला वर्षहरुमा भएको विपद्का घटनाहरुलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारे सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागिता बिफ्रिङ्ग हुने जानकारी दिए ।
सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले विपतको बेला फस्ट रेस्पोन्स भनेको स्थानिय समुदाय नै भएकोले स्थानिय समुदायलाई रेस्पोन्स गर्न सक्ने बनाउँछौ । उनले भने, ‘अनि मात्र हाम्रो न्यून क्षतिको आकांक्षा पुरा हुन्छ । त्यसैले हामीले सकेसम्म मानवीय क्षति हुनै नदिने अभियान अन्तर्गत समुदाय र सुरक्षा फौजको सहकार्यमा सम्भव गर्ने प्रयत्नमा छौं ।
विपदवारे छिटो जानकारी प्राप्त गर्ने मनसायले सबै जिल्लाका सबै पालिकामा विपत सुचकहरु तयारी भएको तथा हुन सक्ने विपतको घटनाको सुचना तुरुन्त दिने जनशक्ती समेत निमार्ण गरिदै छ, डिआईजी ढकालले सबै जिल्लाका पालिकाहरु संग समन्वय गरी विपत सुचकहरुको विवरण सहित संकलन प्रक्रिया पनि अघि बढाईने छ ।
विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्वारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ ।