2024-04-23

Close

जनकपुरधाम : लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता उमाशंकर अरगरिले दिपावली- तिहार पर्वको पावन अवसरमा देश, विदेशमा रहेका नेपालीहरुलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

तिहार पर्वको अवसरमा उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मान स्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको र यसले आपसी भाइचारा, आत्मीयता बढाउने विश्वास व्यक्त गरे ।

नेता अरगरियाले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनी बीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको समेत बताए ।

तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ उनले तिहार पर्वको शुभकामना व्यक्त गरे ।

उज्यालोको पर्वका रुपमा तिहारमा बालिने हरेक दीपको प्रकाशले सम्पूर्ण नेपाली बीच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम राख्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समृद्ध नेपाल र समुन्नत प्रदेश निर्माण गर्ने तर्फ प्रेरणा मिल्ने समेत लोसपा नेपालका नेता अरगरियाले विश्वास व्यक्त गरे।

अरगरियाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।

नेता अरगरियाले वर्तमान परिवेशमा चाडपर्वको समयमा सवैलाई सावधानी अपनाउनका लागि समेत अनुरोध गरेका छन् । अरगरियाले पर्वलाई हामीले अन्धविश्वास र उपभोक्ताबादबाट मुक्त गर्दै सहज, समयानुकूल, आर्थिक रुपमा धान्न सकिने र विज्ञान सम्मत मनाउनुपर्ने धारणा राखेका छन् ।

चाडपर्वले मानवजीवनलाई निराशबाट खुशी र उल्लासमय बनाउन मद्दत गर्दै आएको समयमा हामीले यस्ता साँस्कृतिका धरोहरलाई संरक्षण गर्नुपर्ने आवश्यकताउपर अरगयारिले जोड दिएका छन् ।

उनले संचारकर्मीहरु संग कुराकानी गर्दै भने , ‘ विश्व यतिबेला जलवायु परिवर्तनको महासम्मेलनमा जुटेको छ । जलवायु परिवर्तनले मानवजाति सामू गम्भीर प्रश्न र चुनौती खडा गरेको छ । यसबेला, हाम्रा चाडपर्व मनाउँदा पटाखा जस्ता साधनको प्रयोगले पर्यावरण र मानव स्वास्थ्य तथा अन्य जीवजन्तुमा के कस्तो असर पार्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ ।’उनले कोरोनाको विपत बाट सुरक्षित हुन नसकेका समयमा यसतर्फ विशेषरुपमा ख्याल गर्दै चाड पर्व मनाउनका लागि आग्रह गरे ।

लोसपा नेपालका नेता अरगरियाले तिहार, छठ र नेपाल संवतको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds