विवाहपञ्चमी : आज जनकपुरधाममा धुमधामका साथ राम-सीता विवाह उत्सव मनाईँदै

जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधाममा विवाह उत्सव मनाईँदै छ। आज दिउँसो जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ।

दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको थियो।

बिज्ञापन

यसैगरी, जनकपुरको जानकी मन्दिरमा राम-सीता विवाह कार्यक्रम आयोजना गरिएको छ।

वैवाहिक कार्यक्रम आज राति सम्पन्न हुनेछ। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरु जनकपुरधाम आएका छन्।