2024-05-08

Close

रौतहट । रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८ बालकहरूलाई शनिवार अभिभावकको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो । विगत करिब ४ महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिका राखिएको थियो । उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्षा उमेर समूह रहेका थिए ।

विभिन्न बहानामा भारतको मुम्बई पुगेका ति बालकहरू विभिन्न ब्याग फ्याक्ट्रीहरुमा काममा लगाइएको थियो । मुम्बई प्रहरीले ब्याग फ्याक्ट्रीमा छापामारी गर्दै ती बालकहरूको उद्धार गरेको थियो । उद्धार पछि ती बालकहरूलाई मुम्बईमा रहेको बाल गृहमा राखिएको थियो । १८ वर्ष उमेर नपुगे सम्म बालबालिकालाई काममा लगाउनु गैर कानुनी रहेकोले प्रहरीले विभिन्न कारखानाहरूमा कारबाही गर्दै आएको छ ।
नेपालका बालकहरू बाल गृहमा फसेको सूचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको संयुक्त प्रयासमा ती बालकहरूलाई परिवारको जिम्मा लगाइएको छ । ग्रामीण विकास केन्द्र नेपाल गौर, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद्, र जिल्ला स्थितका सरकारी निकायहरूको समन्वयमा ती बालकहरूको उद्धार गरिएको थियो ।

उद्धारको क्रममा मुम्बई पुगेकी ग्रामीण विकास केन्द्र नेपाल रौतहटका कोषाध्यक्ष ममता झाले बालकहरूलाई परिवारको जीमा लगाउन पाउँदा निकै खुसी लागेको बताइन् । आफ्नो छोरा पाएपछि स्थानीय दुर्गाभगवती गाउँपालिका वार्ड ३ मत्सरीका प्रमोद राउत अब उप्रान्त आफ्नो छोरालाई विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds