जनकपुर७ आषाढ। जिल्लाको कमाण्ड नेपाल प्रहरी उपरीक्षक(एसपी)गौतम मिश्रले माघ १० गतेको दिन सम्हाले लगत्तै प्रहरीको सक्रिया बढेको छ। उनले कमाण्ड सम्हालेको ६ महिनाको अवधिमा ३२करोड भन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले सम्हालेको अवधिदेखि हाल ६ महिनामा ३२करोड ८ लाख ५६ हजार ३४२रुपैयाँ बराबरको प्रतिबन्धित सामग्री भन्सार कार्यालय वीरगन्जमा बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोली र क्राईम ब्रान्च शाखाका प्रहरीको सक्रियतामा उक्त सामानहरु नियन्त्रणमा लिन सफल भएको हो ।
पर्सा प्रहरीको टोली र क्राईम ब्रान्च शाखाको टोलीको सक्रियतामा सिमानाकामा हुने तस्करी र लागु औषध ओसारपसारमा कडाई गरेपछि धमाधम लागु औषध कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न सफल भएकाछन्।पर्सा जिल्लाको कमाण्ड सम्हालेका प्रहरी प्रमुख एसपी मिश्रको निर्देशनमा सादा पोसाकमा रहेका अपराध शाखाले २०८१ साल माघ १०गतेदेखि आषाढ ७गतेसम्म३२ करोड ८ लाख ५६हजार ३ सय४२ रुपैयाँ बराबरको अवैध सामानहरु सहित ३४वटा सवारीसाधन गाडी नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जनाएका छन् ।
पर्सा प्रहरीले सो रकम बराबरको अवैध भन्सार छलि नेपाल भित्राएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, आईसिपी भन्सार वीरगन्जबाट भन्सार जाँचपास भई निसकेको प्रज्ञापन पत्र भन्दा बढी भन्सार छलेर लुकाई छिपाई लगिरहेको ट्रकहरुबाट अवैध सामान बरामद गरेको पर्सा प्रहरी प्रमुख मिश्रले बताए ।
त्यसै गरी ६ महिनाको अवधिमा प्रतिबन्धित लागु औषध गाँजा ५१६ किलो ७५० ग्राम बिभिन्न स्थानबाट मानिस सहित पक्राउ गरेको छ भने चरेश ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम १ केजी७२ ग्राम, डाइजोपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेटट्याब्लेट २४ पिस ट्याब्लेट र codiwell ५० बोतल, नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित ५६जनालाई मानिसलाई पक्राउ गरि लागुऔषध कसूरमा ३५वटा मुद्दा दर्ता गरी पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध कारोबारमा मुद्दा चलाएको छ ।
पर्सा प्रहरीले २९लाख ९०हजार रुपैयाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ६जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागमा पक्राउ परेका मानिस सहित रकम बुझाइएको र पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालयबाट वित्तीय कारोबार कसुर ऐन अनुसार मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिश्रले जनाएका छन् ।
ज्यान सम्बन्धी कसूरको घटना र अनुसन्धानमा यस अवधिमा ज्यान सम्बन्धी एक दुःखद घटना पनि प्रतिवेदनमा समेटिएको छ । २०८१ फागुन ७ गते काम गर्न जान्छु भनेर घरबाट निस्किएका वीरगन्ज वडा नम्बर २७ उदयपुर घुर्मीका १९ वर्षीय इशाल प्रसाद कुर्मीको शव फागुन ११ गते भेडैया खोलामा फेला परेको थियो ।
मृतकका बुवा जोगेन्द्र प्रसाद कुर्मीले प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा खोजतलास गरेको प्रहरीले उनको शव खोलामा तैरिरहेको अवस्थामा प्राप्त गरेको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा फागुन ७ गते करिब साढे ११ बजे छिमेकी साथीहरुसँग तास खेल्ने क्रममा पैसाको विवाद भएपछि स्थानीय मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी समेतको मिलेमतोमा इशालको हत्या गरी खोलामा फालेको घटना खुलेको थियो । उनीहरुलाई पक्राउ गरी ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाई पुर्पक्षको लागि कारागार पठाइएको छ ।
पर्सा प्रहरीको अन्य पहलकदमी र सामुदायिक कार्यक्रम अन्तर्गत प्रहरीले यस अवधिमा प्रहरी कार्यालयमा विद्यार्थी, प्रहरी कर्मचारी, थुनुवाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर तथा मोटिभेसनल क्लास जस्ता कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयमा जनमैत्री वातावरण कायम गर्न पहल भइरहेको छ र सामुदायिक प्रहरीको माध्यमबाट सामाजिक सद्भाव कायम गराउने प्रयास जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।
लागू औषधसहित विभिन्न मदिराजन्य नियन्त्रण विरुद्धको अभियानमा पनि प्रहरीले थप सक्रियता देखाएको छ ।एसपी मिश्रले ६ महिनाको अवधिमा पर्साको ग्रामीण भेगमा २५ कठ्ठा जग्गामा लगाएको लागूऔषध गाँजा फडानी गरि २ लाख३२ हजार ६ सय बोट नष्ट गरेको छ ।यसै गरि १ कठ्ठामा लगाएको अफिमको बोट ५हजार नष्ट गरेको प्रहरीले जनाएको हो। पर्सा प्रहरीले फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति गरेको छ । प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल १०२७ प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरुबाट ४१ वर्ष १० महिना १० दिनको कैद सजाय असुल गरिएको छ । साथै, जरिवाना बापत १ करोड २२ लाख ७५ हजार २२८ रुपैयाँ असुली गर्ने सफल भएका छन।
यसैगरी वन जंगल फडानी गरी काठ तस्किरीमा संलग्नलाई वन डिभिजन कार्यालयको समन्वयमा पक्राउ गरिएको छ । उनीहरुको साथबाट बरामद भएको ७९०क्युफिट काठसहित नियन्त्रणमा लिइएका बस, चालक, ट्रयाक्टर, साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ ।
उक्त प्रहरीले मानव बेचबिखनमा ११ वटा मुद्दा दर्ता गरि १७ जनालाई कानुनी कार्यबाही गरि पुर्पक्षका लागि अदालतबाट कारागार कार्यालय वीरगन्जमा पठाएको छ।यसैगरी २९ जना महिला तथा बालबालिकालाई उद्धार गरि सकुशल ल्याएको पर्सा प्रहरीले सार्वजनिक गरेको छ।चोरी भएका तथा हराएको विभिन्न किसिमको १८२ वटा मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाएको हो।
मिश्रले पर्साको कार्यभार सम्हालेको दिन देखि केही छुटफुट सामान्य घटना बाहेक शान्ति सुरक्षा कायम रहेकोले पर्साबासीमा निकै चर्चित एसपीको रुपमा रहेक छन्।
पर्साका प्रहरी प्रमुख मिश्रले पर्सामा कार्यभार सम्हालेको दिनदेखि अपराध अनुसन्धान शाखाको सँयुक्त टोली सक्रियतामा तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।त्यसैगरि एसपी मिश्रले हरेक महिनामा प्रहरी अधकृितसँग मासिक बैठक गरी पर्सा जिल्लाको विभिन्न नाकामा रहेका प्रहरी चौकी र ईलाका प्रहरी प्रमुखहरुलाई तसकरी नियन्त्रणमा कडाई गर्न निर्देशन दिदै चोरी डकैती शान्ति सुरक्षाको राम्रो काम गर्न लागु औषध ओसार पसार कार्य नियन्त्रण गर्न कडा निर्देशन दिएका छन।जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक मिश्रले प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिति गठन गरि कारवाही गरिने ठाडो निर्देशन समेत दिएको बताए ।