2024-05-15

Close

जनकपुरधाम । धनुषामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको ट्याक्टर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध रुपमा उत्खननमा प्रयोग भएको ९ वटा ट्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
शनिवार क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरस्थित जलाद खोलामा उत्खनन् गरिरहेको ज १ त ७२१७, ज १ त ६२७५, ज २ त ११३, ज १ त ४२९८, ज १ त ५१३२, ज १ त ७५९७, प्र २–०३–०१ त ४९९७, अन टेस्ट आइचर २४२ र अनटेस्ट जन डियर ५०४५ नम्बरको ९ वटा ट्रयाकटर नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार अवैध रुपमा बालुवा, गिट्टि उत्खनन गरी लैजादै गरेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका ५ महिला विकास चोकबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटि गएको गस्ती टोलीले ना ८ ख १६५१ नं।को लोड टिफर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्याक्टर र टिफर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds