2025-07-12

Close

जनकपुरधाम । श्री माध्यमिक विद्यालय ललियामा आ.व. २०८१/०८२ तथा शैक्षिक सत्र २०८२ का लागि लक्षित तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिथिला बिहारी नगरपालिकाका नगरप्रमुख राजेन्द्र प्रसाद यादव रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार मण्डलले गरेका थिए ।

कार्यक्रममा समाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य राम उदगार दास, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, प्रहरी चौकी ललियाका असई योगेन्द्र चौधरी, विद्यालयका प्रधानाध्यापक अजयकुमार यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, वडा समितिका सदस्यहरू, शिक्षकगण तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत दलित समुदायका ७१ जना, जनजाति समुदायका ४५ जना र अन्य छात्रा वर्गका ७४ जना गरी जम्मा १९० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो । दलित र सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई रु. ५०० र अन्य छात्रा वर्गका लागि रु. ४०० दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

यस छात्रवृत्तिले लक्षित समूहका विद्यार्थीहरूको शैक्षिक पहुँच र प्रेरणामा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा छात्रवृत्ति वितरणसँगै शिक्षाको महत्व, विद्यार्थीको उपस्थितिलाई सुदृढ बनाउने विषयमा समेत अभिव्यक्ति राखिएको थियो ।

स्थानीय सरकारको सहयोगमा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित यस्तो कार्यक्रमप्रति अभिभावकहरू तथा विद्यार्थीहरू खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर