2024-03-29

Close

राजविराज : २३ सयभन्दा बढी नेता कार्यकर्तासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन्।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसहित लोसपाका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता झाले जानकारी दिएकी छिन्।
लोसपाका नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले एक कार्यक्रमका बिच पार्टीमा प्रवेश गराएका हुन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने डा.राउतले घोषणा गरिसकेका छन्।
उक्त क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा.राउतले चुनाव लड्ने भएपछि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गर्ने लहर चलेको इन्चार्ज झाले बताएकी छिन् ।
२०७४ को चुनावमा सिंह तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा चुनाव जितेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds