
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका सहिदलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।
मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताउँदै उनले शहीदका परिवारलाई मधेशमा आर्थिक सहयोग दिइएको भएपनि मधेसका शहीदको सम्मान नभएको बताए ।
बिज्ञापन




कात्तिक २३ मुख्यमन्त्री नियुक्त भएका उनले कात्तिक २४ गते शपथ लिएका थिए । उनको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकोमा प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ ।

