2024-04-25

Close

विपिन कुमार यादव ,जनकपुरधाम : पछिल्लो एक महिनादेखि जनकपुरधाम उपमहानगरपालिका फोहोरमय बनेको छ। उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रभित्रको फोहोर नउठाएपछि मुख्य चोकहरु, गल्ली र पर्यटकीय स्थानहरुमा फोहोर जथाभावि थुपारिएका छन्।

नगरभरीको फोहोर व्यवस्थापन तर्फ उपमहानगरपालिका कार्यालयले चासो नदेखाएपछि मंगलबार विहान युवाहरुको समुहले रामानन्द चोकदेखि मुख्य बजार क्षेत्रको फोहोर आफैँले संकलन गरि उपमहानगरपालिकाको ढोकामा थुपारेका छन्। युवाहरुको समुहले रामानन्द चोकदेखि, अस्पताल रोड, जानकी चोक, जनक चोक, शिव चोक हुँदै बजार क्षेत्रमा दुईसातादेखि फालिएको फोहोरका डंगुरहरु उठाएर ट्रयाक्टरमा हाली उपमहानगरपालिका कार्यालय अगाडी थुपारेको हो।

जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्ष बितिसक्दा पनि नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि उचित ठाउँसमेत निर्धारण गर्न नसक्नु ठूलो दुर्भाग्य रहेको युवा अगुवा हरुले बताएका छन्। नगरलाई सफा सुन्दर राख्न भाषण दिएर मात्र हुदैँन्, काम पनि गर्नुपर्छ,’ युवा अगुवाले भने ‘वहाँहरुलाई आफ्नो जिम्मेवारी बोध होस् त्यसका लागिनै उपमहानगरपालिकाको ढोकामा फोहोर थुपारेका हौं।’

उपमहानगरपालिका कार्यालयमा १ सय १५ जना सफाईकर्मचारी छन्। फोहोर उठाउन साना ठूला गरी १२ वटा ट्याक्टर र टिपर पनि छ। तर, पनि नगरमा फोहोरको समस्या विकराल छ। फोहोर फाल्ने ठाउँनै व्यवस्थापन हुन नसक्दा समस्या आएको उपप्रमुख रिता झा बताउँछिन्। यस अघि फोहोर फाल्दै आएको ठाउँ निजी भएको प्रमाणित भयो र त्यहाँ विरोध पनि भयो त्यसपछि अर्को ठाउँ निर्धारणनै गर्न सकिएको छैन्’ उपप्रमुख झाले भनिन्, जहाँ फोहोर व्यवस्थापन गर्न खोज्छौं त्यहिं स्थानीयले विरोध सुरु गर्छन् यस्तोमा हामीलाई पनि निकै गाहे परेको छ।’उपमहानगरपालिका कार्यालयले ल्यान्डफिल साइट बनाउन नसकेपछि एसियाली विकास बैंकले अनुदान दिएको ४८ करोड रुपैयाँ गत वर्ष फिर्ता गएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds