नवनियुक्त आईजीपी दानबहादुर कार्कीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन् ।

गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपीको फुली लगाइदिए ।

बिज्ञापन

केही बेरमा उनी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पदबहाली गर्दै छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ गतेसम्म छ ।