2024-04-18

Close

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सवपूर्व जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ । बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै लोसपाका नेताहरुले यस्तो माग गरेका हुन् ।

जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व श्री रामजानकी विवाहोत्सव भारतलगायत विश्वकै हिन्दूहरुको आस्थाको पर्व र पर्यटकका लागि महत्वपूर्ण अवलोकन गन्तव्य रहे पनि रेल्वे सञ्चालन नहुँदा सबै ओझेलमा परेको लोसपा नेपाल धनुषाका नेता सन्जय चौधरीले बताए ।

उनले भने,‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तीर्थालुहरुको यात्रामा अहम् भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ । तर, यसको सञ्चालन षड्यन्त्रको सिकार भएको छ । सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भइरहेको छैन, जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकास समेत प्रभावित भइरहेको छ ।’

जनकपुर रेल्वे सञ्चालन भएमा जनकपुरधाम नेपालको व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरु खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्धा खुल्न थाल्ने, जनकपुरधाम यातायातको केन्द्र बन्नेजस्ता कुरासमेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भइरहेको र इन्जन, बोगी, ट्रयाकलगायत बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको लोसपाकी नेतृ विभा ठाकुरले बताइन् ।

लोसपाका नेता मनोज साहले रेल्वे सञ्चालन भएपछि नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुने, वैश्विक व्यापारसँग नेपाललाई जोड्ने साधनको रुपमा उपयोग हुने, नेपाल–भारतका जोडिएका दुवैतिरका क्षेत्र विकसित हुने, धार्मिक र पर्यटनमा जबर्जस्त अभिवृद्धि हुने बताए । सबै कुरा तयारी अवस्थामा भएकोले यसै वर्षको श्री रामजानकी विवाहोत्सवको अवसरमा यसलाई सञ्चालन गर्न आफूहरुले जोडदार माग गरेको उनले जानकारी दिए ।

सरकारले जानाजान रेल्वे सञ्चालनमा अटेर गरे आफूहरुले दबाबमूलक आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds