वर्दिभित्र लुकेको सिर्जना, जसले समयको गति बुझेकोछ, माटोलाई बुझेकोछ र प्रेम बुझेकोछ

काठमाडौं । नेपाल प्रहरीको वर्दिभित्र अनुशासन, कर्तव्य र कठोर जिम्मेवारी मात्र हुन्छ भन्ने आम धारणा छ। तर यही कठोर वर्दिभित्र कतै–कतै संवेदनशील मन पनि लुकेको हुन्छ, जसले समाजलाई सुरक्षा मात्र नभई , भावना र सिर्जनाको दृष्टिले पनि हेर्छ भन्नेकुरा बुझाँउछ , यसमा यस्तै दुर्लभ उदाहरण बन्नुभएको छ , नेपाल प्रहरीका काविल प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापा।

हाल मधेश प्रदेशमा कार्यरत एसएसपी थापाले अहिले प्रहरी सेवाको व्यस्त र चुनौतीपूर्ण जिम्मेवारी निभाइरहनुभएको छ । तर त्यही जिम्मेवारीको बीचमा पनि उहाँभित्र एउटा फरक संसार बगिरहेको छ—शब्दको संसार, भावनाको संसार, र गीत-संगीतको संसार। उहाँको जीवन अपराध अनुसन्धान, सुरक्षा योजना र प्रशासनिक जिम्मेवारी मात्रै मा सीमित छैन, उहाँ कहिले समयसँग संवाद गर्छहुन्छ , कहिले प्रकृतिसँग कुरा गर्नुहुन्छ , त कहिले आफ्नै मनभित्र लुकेको प्रेम र स्मृतिसँग।

बिज्ञापन

उहाँको यो भावनात्मक संसारले अहिले साहित्यिक र सांगीतिक रूपमा पनि आकार लिन थालेको छ। हालै सार्वजनिक भएको उहाँको गीतले सामाजिक सञ्जालमा धेरै राम्रो चर्चा बटुलिरहेको छ। । उहाँको गीतमा संगीतमात्र नभई , एक विशाल अनुभूति छ—जहाँ पहाडको सम्झना छ, समयको गहिरो प्रेम छ । प्रकृतिको अनुभूति छ, र जीवनको गहिरो भावनात्मक कथा पनि छ।

एसएसपी कमल थापा मधेशमा रहेर पनि बारम्बार आफ्नो विगततर्फ फर्किर्नुहुन्छ । कहिले बाल्यकाल बिताएका पहाडका डाँडाकाँडा उहाँको मनमा आउँछन्, कहिले समयको ती पुराना स्मृतिहरू । थापा कहिले प्रकृतिको हरियाली सम्झिनुहुन्छ त कहिले जीवनका ती क्षणहरू, जसले उहाँलाई आजको स्थानसम्म ल्यायो। यही स्मृतिको यात्रा नै उहाँको सिर्जनाको मूल आधार बनेको छ।

गीत–संगीतप्रति उहाँको आकर्षण अचानक जन्मिएको होइन। प्रहरी सेवामा रहँदा उहाँले देखेका समाजका विभिन्न पाटा, मानिसका पीडा, खुशी र संघर्षहरूले उनलाई भित्री रूपमा छोएको देखिन्छ। यी अनुभूतिहरू नै शब्द बनेर गीतमा परिणत भएका छन्। उहाँका गीतहरूमा केवल धुन मात्र छैन, जीवनको यथार्थ छ, भावनाको गहिराइ छ र समाजको प्रतिबिम्ब
उहाँको गीतमा समय बोल्छ, प्रकृति बोल्छ र प्रेम पनि बोल्छ। कहिले उहाँले समयलाई प्रश्न गर्नुहुन्छ, कहिले प्रकृतिसँग संवाद गर्नुहुन्छ त कहिले प्रेमका नाजुक भावनाहरूलाई शब्दमा उतार्नु हुन्छ। यही विविध भावनाको संयोजनले उनका सिर्जनालाई विशेष बनाएको छ।

हालै सार्वजनिक भएको ”पहाडकी रानी”गीतमा लोकप्रिय नेपाल आइडल विजेता करण परियारको स्वरले सर्जकको मातृभूमी प्रतिको भावनालाई अझ गहिरो बनाएको छ भने ताराप्रकाश लिम्बूको सङितले मिठास भर्ने काम गरेकोछ।यही कारण गीतले छोटो समयमै राम्रो चर्चा पाएको छ ।

यसअघि पनि समीर खरेलको स्वरमा ‘पछ्यौरी’ नामक गीत सार्वजनिक भइसकेको छ,जसले टिकटक र युटुवमा छोटो समयमा राम्रो उपस्थिति देकाएको छ ।

एसएसपी थापाको जीवनको विशेष पक्ष भनेको उहाँको संवेदनशीलता हो। अनुशासीत वन्नु हो । उहाँ केवल आदेश दिने अधिकारी होइनन्, अनुभूति गर्ने मान्छे पनि हुन्। सहकर्मीहरूका अनुसार उहाँ आफ्नो काममा अत्यन्त जिम्मेवार हुनुहुन्छ । व्यक्तिगत रूपमा निकै शान्त, विचारशील र भावनात्मक व्यक्ति हुनुहुन्छ । यही गुणले उहाँलाई अरूभन्दा फरक बनाएको छ।

उहाँको गीत लेखन यात्राले प्रहरी संगठनभित्र पनि सकारात्मक सन्देश दिएको छ। वर्दी भित्र पनि कला, साहित्य र भावना बाँच्न सक्छ। बचाउन सकिन्छ । जसले गर्दा, प्रहरी समाज सेवक,प्रकृति प्रेमी, भावनात्मक सर्जकहरु पनि रहने संस्था हो भन्ने सन्देश दिन्छ।

व्यस्त जिम्मेवारीका बीच पनि सिर्जनात्मक यात्रा अघि बढाउनु सजिलो छैन। उहाँ भन्नुहुन्छ—,‘सिर्जना समयले होइन, मनले माग्छ। भेटिका हरेक मान्छेसग केहिन केहि कथा हुन्छ, घुमेका हरेक ठाउमा बिशिष्ट शब्दहरु हुन्छन कहिलेकाहीँ ड्युटीको बीचमा देखिएको दृश्य नै गीतको प्रेरणा बन्छ, कहिलेकाहीँ कुनै पुरानो स्मृतिले शब्दहरू जन्माउँछ।’ अहिले सम्म रचनाहरु कमै प्रकाशित गर्ने उहा सेवाको दौरानमा जेजति ठाउ र समाजमा बसियो त्यस ठाउप्रति श्रद्दा ब्यक्त गर्न गरिएका सृजनाहरु अबका दिनहरुमा क्रमश: प्रकाशित गर्दै जाने योजना मा देखिनुहुन्छ ।

उहाँको यो यात्राले धेरै युवाहरूलाई पनि प्रेरणा दिएको छ। एउटा कडा पेशामा रहेर पनि आफ्नो रुचि र कला बचाउन सकिन्छ भन्ने सन्देश उहाँमार्फत फैलिएको छ। जीवन एकै भूमिकामा सीमित नभइ त्यसलाई बहुआयामिक बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् एसएसपी थापा ।

एसएसपी कमल थापाको यो सिर्जनात्मक यात्रा व्यक्तिगत सफलता नभइ, समाजका लागि पनि एउटा गहिरो छाप दिने खालको वनेको छ । वर्दी भित्र पनि एउटा कोमल मन हुन्छ, जसले समयलाई बुझ्छ, प्रकृतिलाई अनुभूति गर्छ र प्रेमलाई शब्दमा उतार्छ भन्ने भावना उर्ताछ भन्ने सन्देश दिएको छ ।