पर्साको मधवलबाट करिब १३ लाखको अवैध औषधी सहित राम पक्राउ

वीरगन्ज ।पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको अवैध औषधी र पिकप सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.५ बस्ने वर्ष २४ को सुनिल कुमार रामललाई विभिन्न किसिमका औषधीहरू सहित पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा विन्दवासिनी गाउँपालिका वडा नं.४ मधवल स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली

बिज्ञापन

 भारतबाट मधवल नाकाबाट भन्सार छली गरि  नेपाल भित्राई वीरगन्ज तर्फ जाँदै गरेको ना.५ च २४८३ नम्बरको पिकअपलाई रोकी चेकजाँच गर्द  विभिन्न किसिमका औषधीहरू सहित पिकपलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

पक्राउ परेको औषधि अं.मू.रू.१२,७८,५२०।– ( बाह्र लाख अठहत्तर हजार पाँच सय बीस ) बराबरका रहेको एसपी मिश्रले बताए।

औषधीहरु थप अनुसन्धान तथा कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको

एसपी मिश्रले बताउनुभयो  ।