ओलिको समर्थनमा प्रदेश नं.२ को राजधानी जनकपुरमा राष्ट्रिय युवा संघ धनुषा द्वारा समर्थन रैली,विपक्षी गठबन्धनका नेताहरुको पुतला दहन ।

जनकपुरधाम, २० असार । आइतबार युवा संघ नेपाल धनुषा कमिटीको आयोजनमा पर्दशन भएको हो । जनकपुर रेलवे स्टेसनबाट सुरु भएको प्रर्दशन भानुचोक हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रर्दशनमा सहभागीहरूले प्रधानमन्त्रीको समर्थनमा नाराबाजी गरेका थिए । उनीहरूले विपक्षी गठबन्धनका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड), जसपाका अध्यक्ष उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतको विरुद्धमा नारा लगाएका थिए ।

बिज्ञापन

उनीहरूले तीन पुर्व प्रधानमन्त्री र एक उप्राधनमन्त्रीको पुतलासमेत जलाएका छन् । युवा संघले ओलीको समर्थनमा ‘केपी बा आइ लभ यु’, ‘अघि बढ केपी बा हामी तपाईंको साथमा छौँ’, ‘राष्ट्रघातीलाई तह लगाऔँ’ जस्ता नारा लगाएकाे थियाे ।