2025-01-17

Close

काठमाडौ,फाल्गुन ८। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टर खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँसकोटाको राजीनामा आएको हो।

सञ्चारमन्त्री बाँसकोटाले पदबाट राजीनामा दिएको जानकारी प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले दिएका हुन्।

सञ्‍चारमन्त्रीले पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी आएको छ’, सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा भने, ‘‍औपचारिक पत्र पनि आउला।’

मिश्रले स्वीस कम्पनीका नेपाली एजेन्टकारुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटासँग करोडौं कमिशनको डिल गरेको अडियो सार्वजनिक गरेका थिए।

आफू संलग्न स्वीस कम्पनीले ७५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्री प्रिन्टरको भाउ बढाएर पनि ४ अर्ब भन्दा बढी झिक्न भनेको अडियो बुधबारदेखि भाइरल भइरहेको थियो।

मिश्रले कम्पनीबाट प्राप्त हुने ७५ करोडमध्ये ५५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्रीले जर्मन कम्पनीबाट प्रिन्टर ल्याउन खोजेको रिसमा उक्त अडियो सार्वजनिक गरेका थिए।

जुन अडियोमा दुईजनाबीच भएको टेलिफोन सम्वादमा कमिशनको बार्गेनिङ भएको प्रष्टै सुन्‍न सकिन्छ। कमिशन प्रकरणमा मुछिएपछि बाँसकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्।

त्यसअघि नेकपाका अध्यक्ष पुष्ककमल दाहालसँग पनि ओलीले भेटका थिए। भेटका क्रममा दाहालले बाँसकोटालाई मन्त्रीबाट हटाउन ओलीलाई सुझाव दिएका थिए।

उता बाँसकोटाले कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बिहीबारै आफूले कुनै गल्ती नगरेको भन्दै नखाएको विष नलाग्ने तर्क गरेका थिए।

बाँसकोटाले कमिशन मागेको अडियो सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदका दुवै सदनको बिहीबार बस्ने बैठक अवरुद्ध गरिसकेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर