2024-04-28

Close

जनकपुरधाम । पत्रकारमाथि हातपात गर्ने एक प्रहरी असई निलम्बनमा परेका छन् । केही दिन अगाडी एक पत्रकारमाथि हातपात गरेको आरोपमा निलम्बनमा परेका हुन् ।

गत साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पुगेका इन्सेकका जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलमाथि असई राजेश्वर महतोले कार्यालय परिसरमा कुटपिट गरेको घटना बाहिरिएपछि उनी निलम्बनमा परेका छन् ।

लहान, सिरहाबाट उजुरी दर्ता गराउन राजविराज पुगेका स्थानीयलाई सहयोग गर्न राजविराज स्थित जिल्ला प्रहरी कार्यालय गएका बेला पोखरेललाई असई महतोले कुटपिट गरेको थियो । आँखा र संवेदनशील अङ्गमा चोट लागेर घाइते भएका पोखरेलको उपचार गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भएको थियो ।

पत्रकार पोखरेलमाथि दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक राजेश्वर महतोमाथि कारबाही गरिएको हो । असई महतोलाई प्रहरी नियमावली २०७१ संशोधनसहित वमोजिम निलम्बनको लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सिफारिस गरी पठाइएको थियो ।

कुटपिटबाट घाइते भएका पत्रकार पोखरेल उपचारपछि मंगलबार डिस्चार्ज भएको महासंघ सप्तरीका सचिव आरएन विश्वासले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds