अप्पन जनकपुर
२१ बर्षको दिपेश कुमार साहकेहि प्रतिक्रिया /जिन्दगी एकदमै गम्भीर छ, यसको जवाफ नखोज्नु होला किनकि जब जवाफ भेटाउनु हुन्छ तबसम्म सवाल बदलिसकेको हुन्छ ।समय ठिक चलिरहदा गल्ती पनि मजाक बन्छ तर समय खराब हुदाँ मजाक पनि गल्ती बन्छ संसारमा ती मान्छे मात्र दुखी छ्न जो सुखको पछि दौडने गर्छन, जस्ले दु:खको सामना गर्छ वास्तवमा तिनीहरु नै सुखी हुन्छ ।माफी माग्नेहरु सबैले गल्ती नगरेका पनि हुन सक्छन्, किनकि कोही कोही मान्छेहरुमा आफू झुकेर पनि सम्बन्ध जोगाउने कला हुन्छ।जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ । व्यवहार बदलिएर निस्किएको बोलिले नि धेरै कुरालाई टुटाउने गर्छ जीन्दगीमा ।दुनियाँको दवावमा नबहकिनुस किनकी दुनियाँले अन्तिम सास सम्म पनि तपाइलाई बर्बाद पार्नमा नै लागिरहेको हुन्छ ।सुन्दर तस्विर नेगेटिभबाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा, त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ।
माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।छोटो जिन्दगीमा समयले धेरै परिक्षाहरु दिएको छ साथी, सवैसंग मित्रता गर तर कसैको भरोसा नगर । मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ । यदि तपाईंलाई अरुले हेला गर्छन भने मतलब नगर्नुस् । किनकि संसारमा अहिले धेरैजसो उही व्यक्ति सफल छन्, जसलाई पहिले कसैले लायक ठानेनन ।
This will close in 20 seconds