2024-05-11

Close

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० का लागि प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा आवेदन माग गरेको छ ।

सीटीईभीटीले प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा एक हजार ८१४ कोटाको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

शैक्षिक सत्र २०७९/०८० मा ‘प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९’ बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन/स्वीकृति प्राप्त आंगिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले साउन २९ गतेभित्र न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण र परीक्षा केन्द्रको जिल्ला छनोट गरी फारम भर्न सूचित गरेको छ ।

निर्देशिका अनुसार प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकालेले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि ४ सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ । हेर्नुस् सूचना

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds