2024-03-29

Close

भारतीय जनता पार्टी (भाजपा) सँग सत्ता गठबन्धन तोडेका जनता दल (युनाइटेड) का नेता नितिश कुमारले बिहारमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका छन्।

उनले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसहित सात दलहरूसँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका भारतीय सञ्चारमाध्यम स्क्रोल इनले जनाएको छ। स्क्रोल इनका अनुसार यी सात दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ।

राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन्। लालु गाईवस्तुको चारोमा भ्रष्टाचार गरेको आरोपमा सन् २०२२ फेब्रुअरीदेखि पाँच वर्षको जेल सजाय भोगिरहेका छन्। यसअघि पनि उनले सोही काण्डमा तीन वर्षको जेल सजाय भोगिसकेका छन्।

भ्रष्टाचार आरोप लागेपछि उनले श्रीमती रावडीदेवीलाई मुख्यमन्त्री बनाएका थिए। पछिल्लो समय राष्ट्रिय जनता दलको नेतृत्व उनीहरूका छोरा तेजस्वीले सम्हाल्दै आएका छन्।

तेजस्वीकै नेतृत्वमा राष्ट्रिय जनता दलले गत बिहार विधान सभा चुनाव लडेको थियो।

नितिश कुमारले भाजपासँगको सत्ता साझेदारी त्यागेसँगै बिहारको मुख्यमन्त्री पदबाट मंगलबार राजीनामा दिएका थिए। उनले आजै जनता दलका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गरेका हुन्।

बैठकमा उनले भाजपाले जनता दल (युनाइटेड) लाई कमजोर बनाएको बताएका थिए।

नितिश कुमारले भनेका थिए, ‘भाजपाले सधैं हामीलाई अपमान गर्‍यो र जनता दललाई मास्ने षड्यन्त्र रच्यो। सन् २०२० देखि नै वर्तमान गठबन्धनले हामीलाई कमजोर बनाउने कोसिस गरिरहेको छ।’

अब पनि सतर्क नभए पार्टीका लागि राम्रो नहुने उनले बताएका थिए।

बैठकमा सबैले नितिश कुमारको फैसलालाई समर्थन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बैठकपछि जनता दल (युनाइटेड) का राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहाले ट्विट गर्दै भनेका छन्, ‘नयाँ रूपमा नयाँ गठबन्धनको नेतृत्वका लागि नितिश कुमारलाई बधाई।’

पार्टी बैठकपछि नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएर राज्यपाल फागु चौहानसँग भेटका निम्ति समय मागेका थिए।

आजै पूर्व मुख्यमन्त्री रावडीदेवीको निवासमा राष्ट्रिय जनता दल नेतृत्वको विपक्षी गठबन्धनको बैठक भएको थियो। उक्त बैठकले तेजस्वी यादवलाई बिहारमा सरकार गठनबारे उपयुक्त निर्णय गर्न अख्तियारी दिएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds