2024-04-23

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका स्थित यदुकुहामा शुक्रवार भएको बजार अनुगमनको सूचना अनुगमन पूर्व नै प्रहरीले लिक गरेको रहस्य बाहिरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा शुक्रवार दिउँसो यदुकुहामा अनुगमन टोली पुग्नु भन्दा पहिला साना देखि ठूला पुरै बजार सुनसान देखेपछि अनुगमन टोली छक्क परेको थियो । अनुगमन टोली संयोजक समेत रहेका जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रशासकीय प्रमुख किरण कुमार मिश्रका अनुसार अनुगमन टोली पुग्नु भन्दा पहिला नै व्यापारी तथा व्यवसायीहरु आ आफना सटर झारेर फरार भएका थिए ।

बजार अनुगमनको क्रममा हुन सक्ने उच्श्रृङखल घटनालाई ध्यानमा राखेर अनुगमनमा जानु भन्दा करिव १ घण्टा पहिला नै इलाका प्रहरी कार्यालय, यदुकुहामा शान्ति सुरक्षाको व्यवस्था गर्न जानकारी गराइएको थियो, अनुगमन टोली संयोजक मिश्रले भने–अनुगमन सम्बन्धी गोप्य जानकारी प्रहरीबाट लिक भएको हुन सक्छ । यस सम्बन्धमा श्रीमान् प्रमुख जिल्ला अधिकारी समक्ष छलफल गरिने उनले बताए ।

अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका प्रमुख देवेन्द्र कुमार झाले बजार अनुगमन सम्बन्धी गोप्त सूचना लिक गरेर अनुगमन समितिलाई असहयोग गर्नु निन्दनीय भएको उल्लेख गरे । बजार अनुगमनमा प्रहरी प्रशासनको पनि महत्वपुर्ण सहयोग आवश्यक छ, घरेलु कार्यालय प्रमुख झाले भने–यस सम्बन्धमा छानबिन गरी असहयोग गर्ने माथि कारवाही हुनुपर्छ ।

इलाका प्रहरी कार्यालय, यदुकुहाका एक जना घुमुवा प्रहरीले अनुगमन टोली आउनु भन्दा पहिला सम्पुर्ण व्यापारी तथा व्यवसायीहरुलाई अनुगमन सम्बन्धी जानकारी गराएको उल्लेख गरे । मोटरसाइकल चढेर आएका एक जना प्रहरीले केही व्यापारी तथा व्यवासायहरुलाई बजार अनुगमन सम्बन्धी जानकारी गराएको थियो उनले भने–केही समय पछि त सम्पुर्ण पसलहरु धमाधम बन्द हुन थाल्यो । इलाका प्रहरी कार्यालय, यदुकुहाबाट अनुगमनमा सहभागी प्रहरीले आरोपलाई अस्वीकार गरेको छ । एक जना सर्वसाधारणले बताए कि घुमुवा प्रहरीकै मिलोमतोमा व्यापारीहरु संग रुपैयाँको महिना उठाएर ईलाका प्रहरीलाई दिने गरेको छ ।

यता घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका अधिकृत नागेन्द्र प्रसाद साहले अनुगमन टोलीलाई देखेर भाग्नु पर्ने आवश्यकता नरहेको बताए । बजार अनुगमन व्यपारी तथा व्यवसायहीहरुकै हितको लागि गर्ने गरिएको छ, उनले भने–अनुगमनको क्रममा व्यवासय दर्ताबाट हुने फाईदा, दर्ता प्रक्रिया, नवीकरण, भ्याट बिल, राजस्व लगायतको सम्बन्धमा जानकारी गराउने गरिएकाले सटर झारेर झाग्नुको कुनै अर्थ छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds