2024-04-23

Close

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन दबाब दिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री राउतमाथि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालिकाहरूलाई बाँड्नका खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको आरोप लागेकोले राजीनामा दिन पार्टीबाट दबाब परेको हो ।

स्रोतले भन्यो, ‘पार्टी अध्यक्ष उपेन्द्र यादवले राउतलाई केही दिनअघिदेखि नै पदबाट राजीनामा दिन दबाब दिए पनि उनी मानिरहेका थिएनन् । अन्ततः उनी राजी भएका छन् । सम्भवतः एक÷दुई दिनभित्रै राजीनामा दिन्छन् ।’ पार्टीले अब अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई मुख्यमन्त्री बनाउने स्रोतको दाबी छ ।

मधेस प्रदेशमा साइकल खरिदमा भएको अनियमिततासम्बन्धी मुद्दा दर्ता भएसँगै मुख्यमन्त्री राउत नैतिक संकटमा परेका थिए । साइकल खरिद प्रकरणमा उनी पनि जिम्मेवार रहेको भन्दै आलोचना भइरहेको छ ।

यस सम्बन्धमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आफूलाई मुख्यमन्त्रीको राजीनामाको सम्बन्धमा कुनै जानकारी नरहेको बताए । उनले पार्टीको माथिल्लो निकायले यस सम्बन्धमा औपचारिक जानकारी नगराएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रदेश सरकारले पहिलो चरणमा १० र अर्को चरणमा १७ हजार गरी कुल २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्राण्डलाई छोडेर ब्राण्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको आरोपपत्रमा उल्लेख छ ।

पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित लालबाबु राउत २ फागुन २०७४ मा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds