2024-04-26

Close

काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरू १६ वर्षदेखि एउटै पदमा अड्किरहँदा माथिल्लो तह प्रहरी नायब उपरीक्षक (डीएसपी)मा भने पद रिक्त छ ।

सशस्त्रका सि.सं. ६ अर्थात् २०६२ सालमा भर्ना भएका प्रहरी निरीक्षकहरू अहिलेसम्म पनि प्रहरी निरीक्षकमै छन् । माथिल्लो दर्जामा भने ५६ जना डीएसपीको पद खाली छ । त्यसभन्दा माथि पनि ११ जना एसपीको पद खाली रहेको एपीएफ स्रोतले जानकारी दियो ।

सशस्त्रमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीण श्रेष्ठले असार महिनामा तत्कालीन सरकारले समय थप नगरेपछि उमेर छँदै कार्यावधि पुगेर अनिवार्य अवकाश पाएका थिए । त्यसयता एउटा डीआईजीको पद खाली छ ।

१४ गते सशस्त्र प्रहरी उपरीक्षकहरू प्रवीण कँडेल, विष्णुप्रसाद भट्ट, दिग्विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिम्सिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल र दीपेन्द्र कुँवर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि ११ जना एसपीको पद पनि खाली भएको हो ।

अघिल्लो वर्षको माघ ५ मा १६ जना डीएसपी एसपीमा बढुवा भएपछि खाली भएको ५६ जना डीएसपीहरूको पद भने अझै खाली छ ।

१५/१६ वर्षदेखि एउटै पदमा कार्यरत रहेका कतिपय इन्स्पेक्टरले जागिर छाडिसकेका छन् भने कतिपय जागिर छाड्ने मनस्थितिमा छन् ।

‘१६ वर्ष भयो एउटै दर्जामा बसेको करिअर प्लानिङ नहुँदा हामीजस्ता कतिपय साथीहरूले त राजीनामा दिएर गइसके,’ एक इन्स्पेक्टरले भने, ‘अब त सेवा अवधिभरि नै इन्स्पेक्टरबाटै घर गइन्छ कि जस्तो लाग्दैछ ।’

यसबारे प्रतिक्रिया लिन खोज्दा सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मन्दीप श्रेष्ठ आफूलाई केही थाहा नभएको भन्दै पन्छिए । ‘यो त माथिको कुरा हो, मलाई थाहा हुँदैन,’ उनले भने ।

२०६० सालमा भर्ना भएका एसएसपी, २०६२ सालमा भर्ना भएका अझै इन्स्पेक्टर

२०६० सालमा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको सि.सं. २ को टोलीका अधिकृतहरू अहिले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भइसकेका छन्, तर २ वर्ष ढिला इन्स्पेक्टरमा भर्ना भएको टोली भने अहिलेसम्म इन्स्पेक्टरमै अड्किएर बसेको छ ।

‘सशस्त्रमा माथिल्लो निकायले करियर प्लान बनाएर तलकालाई म्यानेज गर्नुपथ्र्यो, उहाँहरूले गर्नुभएन,’ एक प्रहरी निरीक्षकले भने, ‘उहाँहरूको ध्यान को आईजी हुने, को एआईजी हुने भन्नेमै छ ।’

सशस्त्रको नेतृत्वले करियर प्लानिङको खाका नै गृह मन्त्रालयमा नलैजाँदा यस्तो अवस्था आएको उनको गुनासो छ ।

सशस्त्र एक उच्च अधिकारीका अनुसार संगठनभित्र तलका कर्मचारीलाई व्यवस्थापन गर्ने विषयमा बेला–बेलाका कुरा उठे पनि चाकडी गरेर आफूमाथि आउने ध्याउन्नले यस्तो समस्या आएको हो ।

‘यहाँ संगठनको हित हुने कुरा कसैले गर्दैन । कसरी चाकडी गरेर आफू माथि आउन सकिन्छ भन्ने मात्रै ध्यान छ,’ ती अधिकारीले भने ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds