2024-04-29

Close

जनकपुरधाम । प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा डाइलाइसिसका एकजना विरामीको मृत्यु भएको छ ।

बुधबार दिउँसो सिरहा नगरपालिका-७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो । सोही क्रममा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ ।

बरियारपटी गाउँपालिका-३ बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ । आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्यधिक रक्तस्राव भएको थियो ।

अत्यधिक रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा आठजना बिरामीले डायालाइसिस गराइरहेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds