2024-04-26

Close

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा वडाध्यक्षहरुले ताला लगाएका छन् । सफाई कर्मचारीले वडाध्यक्षलाई दुव्र्यवहार गरेको भन्दै सोमबार वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले गालीगलौज गरेपछि नगरप्रमुख, सफाई कर्मचारी विरुद्ध नारावाजी गर्दै वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् । वडाध्यक्ष तथा वडासदस्यहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा ताला लगाएका छन् ।

दुव्र्यवहारमा परेका वडाध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकोले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गर्दै मरेको गाईलाई हटाउनुको साटो आफुलाई दुव्र्यवहार गरेको बताए । उनले भने, ‘आज सञ्चयकोषको कार्यालय नजिक छाडा गाई मरेको अवस्थामा थियो । मैले सफाइ कर्मचारीलाई फोन गर्दा फोनमा कुरा गर्दा फोनमै गाली गर्नुभो । कार्यालयमा आउँदा म सँग नै दुव्र्यहार गर्नुभो, विभिन्न अपशब्दहरु प्रयोग गर्नुभो ।’

उनले नगर प्रमुख साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई दुव्र्यवहार गर्ने गरेको आरोप लगाए । उनले सरसफाईमा अनिश्चितता देखिएपछि आफुहरुले बाध्य भएर ताला हानेको बताए ।

वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहले सफाईको लागि नै उपमहानगरपालिकामा ताला लगाएको बताए । उनले सफाईको लागि पाँच महिना अघि हस्ताक्षर सहित निवेदन दिएपछि त्यसमा अहिलेसम्म कुनै सुनुवाई नभएको बताए । उनले सफाइको लागि जहिले पनि ट्याक्टर माग्दा कर्मचारीहरुबाट दुव्र्यवहार हुनेगरेको दावी गरे । उनले वडाध्यक्ष सिंहमाथि भएको दुव्र्यवहार मेयरकै इशारामा भएको बताए ।

तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए । वडाध्यक्षले तालाबन्दीपछि नगर प्रमुख लालकिशोर साहविरुद्ध नारावाजी गरेका थिए ।

भ्रष्टाचारी मेयर मुर्दाबाद, सफाइ कर्मचारी मुर्दाबाद, जनकपुरलाई सफा गर, करारको कर्मचारीलाई खारिज गर लगायतका नारा लगाएका थिए ।

जनकपुरधाम नगरक्षेत्रमा फोहर नउठदा महिनौँ देखि नगर दुर्गन्धित रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds