जनकपुरधाम । धनुषा क्षेत्र नम्वर २ मा पर्ने जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुर र बेलौनीका अगुवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जनकपुरधाममा आयोजित एक समारोहबीच मनहरा र बेलौनाका दर्जनौं बुद्धिजीवी तथा यूवाहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्व मन्त्री तथा धनुषा २ का एमाले उम्मेदवार उमाशंकर अरगरियाले पार्टीमा स्वागत गरेका छन् ।
जुवेर मन्सुरी, रसुल मंसुरी, खलिल मंसुरी, सलिम मंसुरी लगायतका बुद्धिजीवी तथा यूवाहरुलाई एमाले उम्मेदवार अरगरियाले पार्टीमा भित्र्याए । एमाले नेता हबिव मंसुरीको पहलमा उनीहरु एमालेमा प्रवेश गरेको बुझिएको छ ।
विगतमा रामअशिष यादवलाई सहयोग गरेको तर ५ वर्षमा आफ्नो बस्तीमा कुनै किसिमको विकास नगरेकाले एमाले प्रवेश गरेको उनीहरुले बताएका छन् ।