अप्पन जनकपुर
सिरहा । सिरहामा अवैध गाजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढीमाई नगरपालिका वडा नं.१४ हात्तीढुङ्गा स्थित बिष्णुपुरकट्टीबाट खटिएको नेपाल प्रहरीको टोलिले स.३ प.७७९६ नं.को पल्सर मोटरसाईकल चेकजाँच गर्ने क्रममा गोलबजार नगरपालिका वडा नम्बर १ को अन्दाजी वर्ष ३० का चंखु सदा र सो नगरका अन्दाजी वर्ष ३४ का राम सागर साहलाई खानतलासी गर्दा निज सँग करिब २७ किलो गाजा बरामद गरेका छन् ।
निजलाई गाजा सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहा पठाएको प्रहरिले बताएका छन् ।