

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई अम्बा र लिचीको विरुवा वितरण सुरु गरेको छ ।
नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत कृषि तथा पशु विकास तर्फ स्वीकृत योजनाअनुसार शुक्रबार बिहान नगर प्रमुख हरिप्रसाद मण्डलले वितरण कार्यक्रमको उद्घाटन गरेका हुन् ।
बिज्ञापन



कृषि शाखा प्रमुख संध्या साहका अनुसार नगरपालिकाका ९ वटै वडामा रहेका करिब ३ हजार ५ सय किसानलाई २/२ वटा अम्बा र लिचीका विरुवा निःशुल्क वितरण गरिने छ ।
उनले फलफूलको उत्पादन बढाउन, किसानको आयआर्जनमा टेवा पुर्याउन र कृषि व्यवसायलाई प्रवर्द्धन गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
नगर प्रमुख मण्डलले नगरका किसानलाई आवश्यक प्रविधि र स्रोत उपलब्ध गराउँदै उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखिने उल्लेख गरे । फलफूल खेती विस्तार गरेर यहाँका किसानको आम्दानी बढाउने हाम्रो लक्ष्य हो, उनले भने ।