जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा माइजन बिनोद दासको नेतृत्वमा १०० जना नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार उमाशंकर अरगरिया र नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य उम्मेदवार सन्जिप कुमार सुरजले नेपाली काङ्ग्रेस त लोसपा स्थानीय कार्यकर्ताहरुलाई टीका, माला र गम्झा लगाई स्वागत गरेका हुन् ।
पछिल्लो समय क्षेत्र नम्बर २ मा एमाले प्रवेश गर्नेकाे लहर बढेसंगै विभिन्न पार्टी परित्याग गर्दै नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेका छन् । पार्टी प्रवेश गर्नेहरू अधिकांश जसपा, लोसपा र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरु रहेकाे बताइएको छ।
बिनोद दासको नेतृत्वमा प्रवेश गरिएका हुन् । उनीहरुलेे आगामी मंसिर ४ काे निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा उमाशंकर अरगरिया र प्रदेश सभा सदस्यमा सन्जिव कुमार सुरजलाई बहुमतले विजयी गराउन पार्टी प्रवेश गरेको बताए ।