
जनकपुरधाम । जनकपुरधामस्थित एक विद्यालयको होस्टेलको छतबाट खस्दा एक विद्यार्थी गम्भीर घाइते भएकी छन् ।
बिहीबार साँझ करिब ५ बजे जनकपुरधाम उपमहानगरपालिका–स्थित संकटमोचन मन्दिर नजिक रहेको माँ बुढानिलकण्ठ एकेडमी स्कुलको होस्टेलको छतबाट खस्दा शहिदनगर नगरपालिका–८, नाथपट्टीकी ६ वर्षीया जोया कुमारी यादव घाइते भएकी हुन् ।
परिवारका अनुसार उनी सोही विद्यालयमा अध्ययनरत छात्रा हुन् । छतबाट खसेपछि गम्भीर घाइते भएकी यादवको जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषा तथा जानकी प्रहरी चौकीले जनाएको छ ।
बिज्ञापन



