2024-04-20

Close

काठमाडौ ,५ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिले २ नम्बर प्रदेशको सरकारमा कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।

महत्ताले उक्त सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको बताए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक महतोलेले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट पारेको बताए ।

उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको सम्वादहीनताको अवस्थाको भने अन्त्य गरेको स्पष्ट पारे । राष्ट्रियसभाको निर्वाचनको लागि नेकपासँग २ बुँदे सहमति गर्नुअघि राजपा, समाजवादी पार्टी र नेपाली कांग्रेसबीचको गठबन्धनलाई नै अघि बढाउने उद्देश्यले आफूले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको भएपनि यादवले अस्वीकार गरेको उनले बताए ।

फरक प्रसँगमा उहाले राजपा र समाजवादी पार्टीबीचको एकताको ढोका खुल्लै रहेको पनि बताए । महत्तोे सीमा विवादको समाधान कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कुरा दोहोर्याउँदे सडकमा नारा लगाएर समस्याको समाधान नहुनेपनि जिकिर गरे । उनले पार्टीको महाधिवेशनको लागि आफूहरु तयारीमा जुटेको पनि जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds