इन्स्पेक्टर यादवले सम्हाले ईप्रका यदुकुहा प्रमुखको कमान्ड

जनकपुरधाम । ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओम प्रकाश यादव यदुकुहा प्रहरी कार्यालय यदुकुहाको जिम्मेवारी सम्हालेका छन् ।

एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय यदुकुहाले सरुवा भएका इन्स्पेक्टर चन्द्रकिशोर साह सिकेको विदाई गर्दै इन्स्पेक्टर यादवलाई विशेष स्वागत गरेको हो ।

बिज्ञापन

केहिदिनघि बसेको मन्त्रिपरिषदको बैठकले ५८७ जना इन्स्पेक्टरको सरुवा गर्दै इन्स्पेक्टर यादवलाई ईलाका प्रहरी कार्यालय यदुकुहाको जिम्मेवारी दिएको हो ।