वीरगंज ५ बुधबार
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट रातीको समयमा प्रत्येक दिन सिकार गर्ने सिकारी सहित मृत जरायो र हातहतियार जमुनिया नाकावाट निकुञ्ज सुरक्षार्थ टोलीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाऊपालिका वडा नम्बर १ का लक्ष्मन सहिनी भन्ने ( बिशाल सहनी ) , निवराज बस्नेत , काभ्रेपाल चौक दामोदर अधिकारी , मालदोम तामाङ झापस दास थारु पक्राउ परेका छन।
निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले बन्दुक पड्काएर उनीहरूलाई घेरा हानि पकाउ गरेको छ भन्ने उनीहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउ र १२ लागने गोली , २ लाख ९० हजार नगद नाईटभिजन , बाईनाकुलर टेलिस्कोप पक्राउ गरेको बताए।
सिकारीहरुले बा ५ त प्र २-०२-०३००१ च ३०९० नम्बरको बलोरो गाडी प्रयोग गरेको र सो सवारी साधन नियन्त्रण लिएको हो।
समाचारको स्रोतको अनुसार ७ जना सिकारीहरुको टोली पर्सा राष्ट्रिय निकुञ्जको वनमा सिकार गर्ने पुगेका थिए।सिकार गर्ने कर्ममा निकुञ्जका सुरक्षार्थको टोलीले घेरा हाने बन्दुक पड्काउदा दुई जना सिकारी फरार भएका थिए।त्यस मध्ये एक जना बोलोरोका डाईभर रहेका छन्।
ड्राईभरको खुट्टामा गोली लागि घाईते भएका हुन्।उनी अहिले भारत बिहारमा फरार भएका छन भन्ने पाँच जना पक्राउ परेका छन्।
स्रोतके अनुसार सखुवा प्रसौनी गाऊपालिका पुर्ब अध्यक्ष प्रदिप जैसवालको घरमा छापामारी गरि १ जना सिकारी लुकेको अवस्थामा पक्राउ गरेको छ।