अप्पन जनकपुर
जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य २५ यात्रु घाइते भएका छन् ।
आज दिउँसो सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङपट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका २० बस्ने वर्ष ५२ का अनिलकुमार झा रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
२५ जना घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर छ । उनीहरूको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए ।
दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।