वीरगंज १२ बुधबार
पर्सा प्रहरीले विभिन्न ठाऊहरुवाट ८ चोरीको मोटरसाइकल सहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
पजिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले पौस९ गतेको दिन जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नं. ४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२-०३-००७ प १७६६ नम्बरको मो.सा.
वीरगंज महानगरपालिका वडा नम्बर ८ दुरसचारको अगाडीवाट पार्किङमा रहेको मोटरसाइकल हरायोको सूचना आउने लगत्तै वडा प्रहरी कार्यालय विर्तबाट प्रहरी निरीक्षक बिशाल मल्लको नितृत्वमा रहेका प्रहरी टोलीले मोटरसाइकल लिएर भागने सक्ने नाकाहरुमा चेकजाच गर्दे बर्ष २० को राम प्रवेश पटेललाई नियन्त्रणमा लिई अनुसन्धान गरि ८ वटा मोटरसाइकल र १ भारतिय मानिस सहित ४ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो।
उक्त चोरहरुले ताला तोडी चोरी गरी संकाष्पदरूपमा जाँदै गरेकोले वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको गस्ती टोलीले ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र म.प्र.०३-००८ प ७१८६ नम्बरको मोटरसाईकलहरू बरामद गरेको गिरीले बताएका छन्।
त्यसैगरि वडा प्रहरी कार्यालय विर्ताको एरियामा ५ वटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेका छौ।अहिले सम्म १३ वटा मोटसाईल मध्ये २ जना सवारी धनीहरु मात्र प्रहरीको सम्पर्कमा आएको बताउनु भयो।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २६ का बर्ष २० को रामप्रबेश पटेल , सो वडाका बर्ष २६ को अशोक पटेल , देश भारत विहार राज्य जिल्ला पुर्वी चम्पारण रतनपुर वर्ष१९ को शिवम पाण्डे ,
जि.पर्सा वी.म.न.पा. वडा नं. २४ बर्ष २० को आकाश तिवारी सहित ४ जना व्यक्तिहरूलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-७ (सात ) म्याद लिइ थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गिरीले जनकारी दिनुभयो।