2024-04-24

Close

विपिन कुमार यादव,जनकपुर १९ चैत । कोरोना भाईरसले विश्व अक्रान्त बनेको समयमा तराई मधेसमा संक्रमण नियन्त्रण गर्ने उद्देश्यले धनुषाको हसपुर नगरपालिका वडा नं.६ र ९ सोनिगामा टोलमा स्थानीय युवा नेता सुरेन्द्र कुमार मण्डल समाजसेवी राजेश कुमार यादवको नेतृत्वमा तथा औरही गाउँपालिका समाजवादी पार्टीको नगर अध्यक्ष कमल देव मण्डल समाजिक अभियन्ता,यूवानेता सरोज कुमार मण्डल, ईलाका प्रहरी कार्यालय औरहीका सह इन्चार्ज प्रमोद यादव लगायत टोलिको सहभागीतामा मास्क तथा साबुन र ठाउँ ठाउँमा वाल्टिन ,साबुन ,सेनिटाइजर बितरणमा ब्यस्त छन ।

संघिय सरकार र स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि बिभिन्न कार्य योजना ल्याएपनि हसपुर नगरपालिकाका जनताहरु सम्स्या झेल्न बाध्य भएको स्थितिमा यूवा समाजसेवी अभियन्ता नेता मण्डलले जनचेतना जगाउँदै मास्क, साबुन र वाल्टिन ,हात धुने साबुन बितरण गर्दै आएका छन ।

धनुषाको हसपुर नगरपालिकामा युवा नेता सुरेन्द्र कुमार मण्डल र राजेश कुमार यादवको आयोजनामा कोरोना बाट कसरी बच्ने जनचेतना दिनमा सकृय देख्दा स्थानियहरु निकै प्रफुलित छन ।

यस्तो महामारिको घडिमा स्थानिय मेयर अर्थात नगरपालिका सकृय हुनु पर्ने हो ? यद्द्पी मेयर संघीय सरकार मुखि हुंदा अपेक्षित कार्यहरु हुन नसकेको मण्डलले सुनाए ।

यूवा अभियन्ता मण्डल भन्छन- भिडभाडमा न जानु, जानै परे माक्स लगाएर जानु, नियमित रूपमा साबुन पानीले हाथ धुनुपर्छ । यस्तै खोक्दा वा हाच्छ्यु गर्दा नाक र मुख कुहिनाले ढाकाैं ।हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गराैं ।, यूवा अभियन्ता सरोज कुमार मण्डल बताउँछन।

स्थानीय सहयोगी हेमशंकर,शत्रुधन,अबध,बजरंग साह,प्रमोद,किसन,मुकेश,सुलिन्द्र,राकेश,कृष्ण,रुपेश लगायतका सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds