2024-04-18

Close

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधामस्थित जसपा पार्टी कार्यालय पुगेर मुख्यमन्त्री राउत र निवर्तमान सभामुख यादवले दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । दलका नेताका लागि दुई जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए ।

दलका नेताका अर्का आकांक्षी सांसद राम अशिष यादवले उम्मेदवारी नै दर्ता गराएनन् । स्रोतका अनुसार उनले निवर्तमान सभामुख यादवलाई समर्थन गरेका हुन् ।

मधेश प्रदेशमा जसपाको १६ सांसद छन् । दलका नेता बन्नेले मुख्यमन्त्री बन्ने अवसर पाउने छन् । सत्तारुढ दलहरुबीच मधेश प्रदेशमा पहिलो चरणमा जसपालाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ ।

प्रकाशित चुनावी तालिका अनुसार आज साँझ ५ बजेबाट ६ बजेसम्म मतदान हुनेछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds